मुख्य समाचार
जग्गा रेखाङ्कनको कार्य/सो कार्यमा रोहबर
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	निवेदन पत्र
२.	सम्बन्धित कार्यालयको पत्र
३.	प्राबिधिक प्रतिवेदन
४.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति तिरेको रसिद
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५.	निवेदकले तोकिएको शुल्क बुझाउने
६.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
