मुख्य समाचार
जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२.	जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३.	जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
४.	हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
५.	चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने
२.	वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले प्राबिधिक कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने
५.	निवेदकले तोकिएको शुल्क बुझाउने
६.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
