FAQs Complain Problems

हकवाला वा हकदार प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२. नाताप्रमाणित पत्रको प्रतिलिपि
३. हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
४. हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने