मुख्य समाचार
मृतकसँगको नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय:
समन्धित वडा
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
१. निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
६. हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
७. स्थानीय सर्जमिन मुचुल्का
८. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
प्रक्रिया:
१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने