FAQs Complain Problems

ब्यापार ब्यवसाय नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. कारण सहितको निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि
३. स्थानीय तहको नाममा ब्यासाय दर्ता गरेको प्रमाणपत्र
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
५. सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने