FAQs Complain Problems

ब्यबसाय सञ्चालन नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. स्थानीय तहको नाममा ब्यबसाय दर्ता गरेको प्रमाणपत्र
४. आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारित स्वीकृत भएको कागजात
५. स्थलगत प्रतिबेदन
६. घरबाहाल सम्झौता पत्रको प्रतिलिपि
७. सर्जमिनका मुचुल्का आवश्यक परे सो समेत

प्रक्रिया: 

१. निवेदन सहित तोकियको कागजात पेश गर्ने
२. वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता आनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने