FAQs Complain Problems

मुख्य समाचार

घर बाटो प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन(बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वाएकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. लिने दिने दुबै ब्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिबेदन

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

//