FAQs Complain Problems

ब्यबसाय बन्द सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको ब्यबसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
४. घरबहाल सम्झौता पत्रको प्रतिलिपि
५. स्थलगत प्रतिबेदन
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७. आफ्नो घर भएको चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पतिको कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निबेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने