FAQs Complain Problems

नयाँ ब्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर वहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
७. स्थानीय तहको नाममा दर्ता नगरी पान वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजान पेश गर्ने
१. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
२. निवेदन दर्ता गर्ने
३. निवेदकले तोकेको शुल्क बुझाउने
४. चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने